लाेक दोहोरी प्रतिष्ठानको ‘हिले महाेत्सव’

  • ख-
  • ख+

दमौली: राष्ट्रिय लाेक दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति तनहुँले हिले महाेत्सव तथा राष्ट्रिय धान दिवसको अवसरमा बुधबार तेस्रो हिले महाेत्सव गरेको छ ।

कृषि बिकासकाे मुल अाधार प्राेत्साहन गर्ने हाम्रो चाहना लाेक कला संस्कृति संरक्षण तथा पर्यटन प्रवर्द्धन गर्ने हाम्रो चाहना भन्ने नारा सहित हिले महाेत्सव गरेको प्रतिष्ठानकी उपाध्यक्ष सावित्रा हड्खलेले बताइन् । व्यास नगरपालिका वडा नं १ अम्रेनिमा भएको महाेत्सवमा डाेरि तानि , जिउँदो माछा समाति लगायतका प्रतियोगिता गरिएको प्रतिष्ठानका काेशाध्यक्ष सुभद्रा श्रेष्ठले बताइन् ।

त्यस्तै छिटो बीउ राेप्ने प्रतियोगिता समेत साे अवसरमा गरिएको श्रेष्ठले बताइन् । छिटो धान राेप्ने प्रतियोगितामा सविना थापा प्रथम तथा सीता विक द्धितिय र नमुना क्षेत्री तृतीय भएको सचिव विश्व बुढाले बताए । छिटो धान रोपी प्रतियोगितामा प्रथम , दोश्रो र तृतीय हुने लाई क्रमश १५ सय , १ हजार र ५ सय पुरस्कार वितरण गरेको बुढाले बताए ।

यस्तै डाेरी तानि प्रतियोगितामा पुरूष तर्फ द वुल्स जिम प्रथम र ट्याटु समूह दोश्रा भएका छन् । महिला तर्फ थानिमाइ अामा समूह प्रथम र नवअादर्स अामा समूह दोश्रो भएको प्रतिष्ठानका प्रथम उपाध्यक्ष श्रीराम गन्दर्भले बताए ।


उद्घाटन कार्यक्रममा बाेल्दै ब्यास नगरपालिकाका प्रमुख बैकुण्ठ नाथ न्याैपानेले किसानलाई १५ असार काे दिन ज्यादै महत्त्वपूर्ण भएकाे बताएका थिए । प्रतिष्ठानका अध्यक्ष सितामाया गुरूङकाे अध्यक्षतामा भएको कार्यक्रममा सहभागी एवम् दर्शक हरूकाे उल्लेख्य सहभागीता रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी