सुप्रिमको सेवा अब गुणादीबाट पनि

  • ख-
  • ख+

सुप्रीम म्याग्देको गौरव: घिमिरे

विकास खनाल

गुणादी: सुप्रिम बचत तथा ऋण सहकारी थर्पुले साेमबारबाट गुणादी मा अाफ्नाे सेवा केन्द्र विस्तार गरेको छ । सेवाकेन्द्रकाे म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले रिबन काटेर उद्घाटन गरे । कार्यक्रमका प्रमुख अतिथि घिमिरेले सहकारी सिङ्गो गाउँपालिका भित्रकाे गौरव रहेको बताए ।

सेवाकेन्द्रले त्यस भेगका सम्पुर्ण मानिसहरूमा सेवा सुविधाको लागि मन जित्ने गरि सेवा दिनेमा अाँफु बिस्वस्त रहेको उनलेे बताए । अहिलेकाे असहज परिस्थितिमा भए पनि सहकारीले सहकारी बिभाग र गाउँपालिकाले जारी गरेको नितिनियम पालना गरेर साधारणसभा गर्न उनलेे सुझाए ।

एउटै प्रकृतिका तथा समान उद्देश्य बाट खुलेका सहकारीमा कात्तिक मसान्तबाट एउटा सहकारीमा १ जना मात्रै बस्न पाउने नीति कानुन बनेको हुँदा साेहि अनुसार गर्न गराउन उनलेे अाग्रह गरे ।

कार्यक्रमका विशिष्ट अतिथि म्याग्दे गाउँपालिका वडा नं १ का अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता शिवशरण वाग्लेले अाफ्नाे वडामा सहकारीले सेवाकेन्द्र स्थापना गरेकोमा खुसि ब्यक्त गरे । म्याग्दे भित्रकाे ठुलो सहकारीको उपमा पाएकाे यस सहकारीले वरपर रहेका ससाना सहकारीलाई समेत समेटेर एक बनाइ अझै बृहद रूपमा चल्न वाग्लेले सुभकामना दिए ।

कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष एवं सल्लाहकार मुरलिमाेहन काफ्लेले गुणादी २०३२ सालभन्दा अगाडि देखि नैँ पुरानो ईतिहास बाेकेर रहेको ठाउँ भएको बताए । गुणादी गाउँ पञ्चायत यसै ठाउँमा भएको र त्यसको पुरानो भवन अहिलेसम्म पनि रहेको काफ्लेले बताए ।

गुणादी टाेलका अध्यक्ष सिराेमणि खनाल तेजकुमार मल्ल लगायतले बाेलेका थिए । सहकारिकाे गुणादी सेवाकेन्द्र बाट बत्ती , पानीकाे बिल तिर्न सकिने , इन्टरनेट , रेमिट्यान्स काे सुविधा पाइने र छिटोछरितो सेवा सन्चालन गरिने सेवाकेन्द्रकि कर्मचारी सुसिला अधिकारीले बताइन् ।सहकारीका अध्यक्ष हरिबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष मनाेज अधिकारीले , सचिव केशवराज अधिकारीले लगायतले सेवाबारे जानकारी दिएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी