स्कूल जाँदा खोलाले बगाएर घाइते बालिकाको उपचारका लागि नपाको ५० हजार सहयोग

  • ख-
  • ख+

दमौली ः विद्यालय जाने क्रममा खोलाले बगाएर घाइते भएकी एक बालिकालाई व्यास नगरपालिकाले ५० हजार आर्थिक सहयोग गरेको छ ।
स्थानीय वसन्त प्राविमा अध्ययनरत व्यास नगरपालिका वडा नं ११ शेरा निवासी ४ वर्षिया युविना थापा मगरको उपचारका लागि नगरपालिकाले सहयोग गरेको हो ।

स्थानीय भानुभक्त सोतीले सामाजिक सञ्जालमा फोटो राख्दै विद्यालय जाने क्रममा खोला तर्दा बगाएर काठ छिरेपछि उनको पेटको अपरेशन गर्नु परेको भन्दै सहयोगका लागि आग्रह गरेका थिए ।

बालिका थापाको असार २ गते बुल्दी खोलाले बगाएर पाठेघरमा काठको टुक्रा पसेपछि पोखराको फिस्टेलमा उपचाररत छिन् । उनको शल्यक्रियाको लागि नगरपालिकाले सहयोग गरेको हो । यस अघि नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि उनको उपचारको लागि सहयोग गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्