पल शाहलाई सरोकार मञ्चको दही चिउरा

  • ख-
  • ख+

दमौलीः दमौली कारागारका कैदी बन्दीलाई मानवअधिकार एवम् न्यायिक सरोकार मञ्चले दही चिउरा खुवाएको छ ।


१५ असार तथा धान दिवसको अवसर पारेर मञ्चले खुवाएको दही चिउरा कार्यक्रममा नायक पल शाह पनि रहेको मञ्चका अध्यक्ष कविराज श्रेष्ठले बताए । ‘हामीले कैदीबन्दीका रूपमा रहेका पल सहित २ सय ५५ जनालाई दही चिउरा खुवायौं,’ अध्यक्ष श्रेष्ठले भने । चर्चित अभिनेता शाह नाबालिग बलात्कारसम्बन्धी अभियोगमा पुर्पक्षका थुनामा छन् ।


कार्यक्रममा व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपानेले भरखरै स्थापना भएको मञ्चले राम्रो कामको सुरुवात गरेको बताए । सो अवसरमा ऋषिराम भुसाल , पविन्द्र कुमार श्रेष्ठ , शेषराज श्रेष्ठ लगायतले मञ्चको स्थापना र महत्त्वका बारेमा प्रकाश पारेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी