व्यासको बजेट १ अर्ब ६५ करोड

  • ख-
  • ख+

दमौली: व्यास नगरपालिकाले रु १ अर्ब ६५ करोड ५४ लाख ५१ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । बिहिवार सुरु नगरसभामा नगर उपप्रमुख इन्द्रिरा दरैले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि उक्त अनुमानित बजेट प्रस्तुत गरेकी हुन् ।


विनियोजित रकममध्ये चालु खर्चतर्फ रु.८६ करोड ५५ लाख ६ हजार रहेको छ जुन कुल बजेटको ५२.२८ प्रतिशत हो भने पुँजिगत तर्फ रु.७८ करोड ९९ लाख ४५ हजार विनियोजन गरिएको छ जुन कुल बजेटको ४७.७२ प्रतिशत हो ।


आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि संघ सरकारको सशर्त अनुदान रु.५८ करोड ९८ लाख, आन्तरिक स्रोतको आयबाट रु.२२ करोड ६० लाख , संघ सरकारको बित्तिय समानीकरण अनुदान रु.२० करोड ६९ लाख , संघ सरकारको राजश्व बाँडफाँटबाट रु.१५ करोड ७२ लाख ९९ हजार, नगर विकास कोष ऋणबाट रु.११ करोड, संचित कोष आल्यबाट रु.१० करोड, राजश्व बाँडफाँड अन्तर्गत मालपोत रजिष्टे्रशनबाट रु.१० करोड रहेको छ ।


त्यस्तै संघ विशेष अनुदान रु.४ करोड, प्रदेश वित्तिय समानीकरण अनुदान रु.२ करोड ५९ लाख ८१ हजार रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी