भानु जन्मजयन्तीमा राष्ट्रिय कविता प्रतियोगिता

  • ख-
  • ख+

दमौलीः आदिकवि भानुभक्त आचार्यको २०९ औं जन्मजयन्तीका अवसरमा राष्ट्रियस्तरको कविता प्रतियोगिता हुने भएको छ । असार २८ गते भानुको चुँदि रम्घामा हुने प्रतियोगिताका दमौलीमा आयोजित पत्रकार सम्मेलन गरि जानकारी दिइयो ।


पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक शंकर रानाभाटले कविता प्रतियोगितामा प्रथम , द्वितिय, तृतीय र सान्त्वना हुने टिमलाई क्रमश २० हजार, १५ हजार, १० हजार र ५ ÷ ५ हजार पुरस्कार दिने बताए ।


समितिले कविता नेपाली भाषामा लेखिएको हुनुपर्ने, कसैको ब्यक्तिगत चरित्र, राष्ट्र, धर्म, जातजाति र राजनीतिक आक्षेप लगाउने किसिमको हुन नहुने र २ सय शब्दमा नवढाइ लेखिएको हुनुपर्ने बताएको छ ।


आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका अध्यक्ष ऋषिराम पन्थको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्ज्वल पौडेल, पूर्व अध्यक्ष डम्बरबहादुर अधिकारी , ओमकार आचार्य लगायतको उपस्थिति रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्