दुर्घटना भए १०३ मा तु फोन गर्नुस् (भिडियोसहित)

  • ख-
  • ख+

दमौलीः तनहुँ ट्राफिक प्रहरीले १०३ हटलाईन नम्बर शुरु गरेको छ । कुनै पनि घटना वा दुर्घटना भएमा अब जुनसुकै मोबाईलबाट सिधै ट्राफिक प्रहरीलाई निःशुल्क सम्पर्क गर्न सकिने भएको छ ।

काठमाडौं उपत्यका र अन्य भागमा भए पनि तनहुँमा भने पहिलो पटक यो सेवा शुरु भएको हो । दुर्घटनाको जानकारी आदानप्रदान र उद्धार कार्यलाई प्रभावकारी बनाउने उद्देश्यले सेवा शुरु गरिएको तनहुँका ट्राफिक प्रमुख रेशम रानाभाटले बताए ।

अहिले ट्राफिकको ल्याण्डलाइन फोनमा दुर्घटना टिपाउन सकिने भए पनि धेरैलाई यो नम्बरबारे जानकारी छैन । हट लाईन नम्बरमा फोन गर्दा पैसा पनि नलाग्ने भएकाले यसले सहजता आउने विश्वास अधिकारीहरुको छ ।

देशको राजधानीसहित प्रमुख भागहरुमा भने १०३ नम्बरबाट नै दुर्घटना वा ट्राफिकसम्बन्धी गुनासा वा जानकारी स्थानीयले टिपाउने व्यवस्था थियो । अब यो सेवा शुरु भए पछि सूचना आदानप्रदान प्रभावकारी हुने अपेक्षा गरिएको उनले बताए । ‘अब यो सेवा शुरु गरे पछि नागरिकलाई सजिलो हुने ठानेका छौं,’ उनले भने ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी