पौडेलको गृहजिल्लामा निरन्तर दौडधुप, भन्छन्, म तपाईंहरूको साथमा

  • ख-
  • ख+

दमौली : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू जनतासँगै रहेको बताएका छन् ।
सोमबार भानु नगरपालिका वडा नँ ११ को बाढी पहिरो पीडितलाई भेटेका पौडेलले यस्तो बताएका हुन् । केही दिन अघि ढाट खोलाले बगाएर बेपत्ता चन्द्रबहादुर गुरूङको परिवारलाई भेट्दै उनले पीडित परिवारलाई आवस्यक राहतको प्रवन्ध मिलाउने बताए ।

‘तपाईंहरू अहिले दुखको घडीमा हुनुहुन्छ , खोलाले बगाएर बेपत्ता भएका गुरूङको बारेमा केही पत्ता लगाउन सकिएको छैन , यसको लागि सबै किसिमका उपाय अपनाउन र पहल गर्न मैले सम्बन्धित निकायमा भनिसकेको छु,’ पौडेलले भने । पौडेलले शुन्दर बस्तिमा रहेको अर्जुन कुवर को घरमा भुकम्पले चर्किएको र चट्याङ पर्दा भत्किएको भन्दै त्यसको राहतको लागि तत्कालै निमित्त प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेलाइ निर्देशन दिए ।

निरन्तर बाढी पहिरो पिडितको गाउँ बस्तिमा भेटघाट र निरिक्षणमा रहेका पौडेललाइ स्थानीयहरूले गाउँमा बाटोघाटो देखिका समस्याका बारेमा जानकारी गराएका थिए । पौडेलले ढाड खोलाले त्यस क्षेत्र वरपरका बस्तीमा ठुलो क्षति पुर्याएको भन्दै त्यसको रोकथामको लागि आवश्यक पहल गर्न आँफु लागिपर्ने बताए ।

उनले निरिक्षणकै क्रममा भौतिक पुर्वाधार मन्त्री पम्फा भुसाललाई फोन गरि क्षति भएका ठाउँ र सम्भावित जोखिममा रहेका बस्ती हरूको बारेमा जानकारी गराउँदै तत्कालै थप सम्भाबित क्षति रोकथामका लागि काम गर्न आग्रह गरेका थिए ।
वरिष्ठ नेता पौडेलले सोहि दिन लमजुङको दुई पिप्लेमा निर्माण हुँदै गरेको रिस्ति खोला पुलको निरिक्षण गरि काम छिटो र गुणस्तरीय गर्नको लागि मध्यनेपाल नगरपालिकाका प्रमुख रमेश नाथ पाण्डेलाइ आग्रह गरे । यस्तै उनले रूपाकोटमा रहेको रूपाकोट स्वास्थ्य चौकीको निरिक्षण गर्दै स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिए ।

निरीक्षण प्रभावकारी र फलदायी बनाउन पौडेलले निमित्त प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रे , सिंचाइ कार्यालय तनहुँका प्रमुख रमेशराज शर्मा , प्रदेश सांसद सरिता गुरूङ, भानु नगरपालिकाका पुर्व प्रमुख उदयराज गौली, कांग्रेस पूर्व सभापति रघुनाथ पौडेल लगायतको टोली साथमा लिएर गएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी