जिसस चुनावका लागि निवेदन दिन उम्मेदवारलाई कांग्रेसको आग्रह

  • ख-
  • ख+

दमौलीः नेपाली कांग्रेस तनहुँले जिल्ला समन्वय समितिको आसन्न निर्वाचनका लागि उम्मेदवारी दिन इच्छुकलाई आग्रह गरेको छ । सोमबार बसेको बैठकअनुसार असार ९ गते भित्र पार्टी कार्यालय तनहुँमा निवेदनका लागि सुचित गर्ने निर्णय गरेको पार्टी प्रवक्ता हरि वाग्लेले जानकारी दिए ।

समितिको प्रमुखमा शान्तिरमण वाग्ले कांग्रेसबाट दोहोरिने करिब निश्चित छ । उपप्रमुख तथा सदस्यलगायतका पदमा गठबन्धनबाट उम्मेदवारी टुंग्याउन बाँकी छ । यस्तोमा माओवादीको साथ खोजेको कांग्रेसले पहिले आफ्नो पार्टीबाट आकांक्षीको नाम शंकलन गर्न लागेको हो ।

जिल्ला समन्वय समितिको निर्वाचन सम्पन्न भए लगत्तै हालै सम्मन्न स्थानीय निर्वाचनको समिक्षा र विजयी जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना कार्यक्रम आयोजना गर्ने निर्णय पनि बैठकले गरेको छ ।

यसैगरी, बैठकले पार्टी संगठन, उदेश्य र रणनीति लगायत समेटिएको पार्टीको चार वर्षे कार्ययोजना स्वीकृत गरेको विज्ञप्तिमा छ ।

सोमबारकै बैठकले काठमाण्डौं, पोखरा, चितवन र नवलपुरमा पार्टीको सम्पर्क समिति गठन गर्ने समेत निर्णय भएको प्रवक्ता वाग्लेले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्