पौडेलले बढाए सक्रियता, रुख रोप्नेदेखि बाढीप्रभावित क्षेत्रको निरीक्षण

  • ख-
  • ख+

दमौलीः नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पछिल्लो समय गृहजिल्ला तनहुँ दौडाहामा छन् ।
केही समयको अन्तरालमा निरन्तर जिल्ला आइरहेका पौडेलले व्यास नगरपालिकाको योजना तर्जुमा कार्यक्रममा सम्बोधन गर्नुका अलावा विभिन्न कार्यक्रममा सहभागी बने ।

शनिबार ट्रेड युनियन कांग्रेसले गरेको बधाई कार्यक्रममा पनि सहभागी बने ।

पौडेलले आइतबार भानु –६ टुहुरेपसलमा बाढीका कारण क्षतिग्रस्त कजवे पुलको निरीक्षण गरेका थिए । उनले बाटो सुचारुका लागि अस्थायी समाधान गर्न र सोही स्थान मा पक्की पुल निर्माणको लागि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोख्रेललाइ बजेटको तत्कालै ब्यबस्था गर्न पौडेलले निर्देशन दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी