विपद्मा परेकाको राहतका लागि वडाध्यक्षलाई जिम्मेवारी

  • ख-
  • ख+

दमौलीः व्यास नगरपालिकाले वर्षाका कारण भएका तथा हुने धनजनको क्षतिमा राहत, पुनस्र्थापना तथा उद्धारका लागि वडाध्यक्षलाई जिम्मेवारी दिएको छ ।

शुक्रबार बसेको कार्यपालिकाको नियमित बैठकले यस्तो निर्णय गरेको हो । बैठकले त्यसका लागि आवश्यक खर्च विपद् अन्र्तगत सिफारिस गर्न भनेको छ ।


बैठकले बजेट तर्जुमाका लागि आवश्यक अन्र्तक्रिया र सुझाव शंकलन गरेर असार आठ गते अन्तिम रुप दिन कार्यपालिका बैठक डाक्ने निर्णय पनि गरेको छ ।

असोजभित्र जमिन वर्गिकरणको सिफारिस
नगरपालिकाको भूउपयोग परिषदको बैठकले असोज भित्र भूउपयोग क्षेत्र वर्गीकरण गरेर सिफारिस गर्न भन्दै प्राविधिक समिति गठन गरेको छ । यसैग्री नगरवासीबाट माग भएका जग्गाको अध्ययन गरी कृषि र गैह्र कृषि क्ष्ँेत्रका जग्गाहरु परिषदमा सिफारिस गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी