साइनिङ स्टारको अडिसन असार १० र ११ मा

  • ख-
  • ख+

दमौलीः नगर क्षेत्रका बालप्रतिभाको प्रष्फुटिकरणका लागि जेसिआई व्यास नगरले आयोजना गरेको प्रतिष्पर्धा व्यास नगर साइनिङ स्टार २०२२ साउन २१ गते हुने घोषणा गरिएको छ ।


बालबालिकालाई अडिसन राउण्डबाट छनौट गरेर एक महिनासम्म नेतृत्व तथा व्यक्तित्व बिकासका विविध विषयमा प्रशिक्षण दिएर प्रतिष्पर्धा गराइने प्रतियोगिता सन् २०१३ देखि निरन्तर हुँदै आइरहेको दमौलीमा बिहिबार आयोजित पत्रकार सम्मेलनमा जेसिजका अध्यक्ष कृष्ण सुनारले जानकारी दिए । तर कोभिडका कारण गत वर्ष भने हुन नसकेको प्रतियोगिताको आठौं संस्करण यसपाली हुँदैछ ।


अध्यक्ष सुनारले प्रतियोगितामा १० देखि १४ वर्ष उमेरका बालबालिकालाई प्रतियोगितामा समावेश गराइने जानकारी दिए ।
त्यसका लागि असार १० र ११ गते अडिसन हुँदैछ । हामीले २२ जना लाई छनोट गरेर प्रशिक्षण गराउँछौं, उनले भने अनि एक महिनापछि फाइनलमा प्रतिष्पर्धा हुनेछ ।
१० जनालाई अन्य विभिन्न बिधामा पुरस्कार दिईने उनले बताए ।

कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष लक्ष्मीभक्त खनाल, पूर्व अध्यक्षहरु ओमराज श्रेष्ठ, नवीन श्रेष्ठ, श्रीकृष्ण बिजुक्छेलगायतले प्रतियोगिताबारे बोलेका थिए । क्लबका महासचिव विरेन्द्र नरालले विगतदेखि नै नगर क्षेत्रमा प्रतिष्ठित प्रतियोगिता यसपाली समेत भव्य हुने बताए । क्लबले प्रतियोगिताका लागि कार्यकारी उपाध्यक्ष कमल गिरीलाई मूल तथा अर्का कार्यकारी उपाध्यक्ष गणेश थापालाई मूल सह संयोजक तोकेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी