टिप्परबाट खसेर चालकको ज्यान गयो

  • ख-
  • ख+

आबुँखैरेनीः टिप्पर दुर्घटना हुँदा खसेर आँबुखैरेनीमा एक चालकको ज्यान गएको छ । आबुँखैरेनी गाउँपालिका वडा नं. ४ स्थित आँबुखैरेनी जलविद्युत परियोजनाको पावरहाउसस्थित पृथ्वी राजमार्गको रुवाखोला पुलमा भएको दुर्घटनामा परी ज्यान जानेमा टिप्पर चालक म्याग्दे ६ मनपाङ निवासी ४७ वर्षका रामबहादुर दमै छन् ।

मुग्लिनबाट आबुँखैरेनी जाँदै गरेको ग १ क ४४६९ नम्बरको मिनि टिप्पर दुर्घटना भएर पुलबाट खोलामा बस्दा भएको दुर्घटनामा घाइते दमैको उपचारका क्रममा चितवनको पुरानो मेडिकल कलेज भरतपुरमा ज्यान गएको प्रहरी नायब उपरीक्षक
युवराज खड्काले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्