डुम्रे मुग्लिन सडकखण्डमा ठूला सवारी पनि खुला

  • ख-
  • ख+

दमौलीः ठूला हेभी सवारी साधनलाई आवतजावतमा प्रतिबन्ध लगाइएको पृथ्वी राजमार्गको मुग्लिन डुम्रे सडकखण्डमा प्रतिबन्ध हटेको छ ।

तनहुँ प्रशासनले आइतबार एक सूचना जारी गर्दै यस अघि हेभी सवारी साधन सञ्चालन तथा साना र मझौला साधन चलाउन साँझ ७ देखि बिहान ५ बजेसम्म लगाएको रोक हटाएको जनाएको छ ।


सहायक प्रजिअ काशीराम गैह्रेले जारी गरेको विज्ञप्तिमा अब मालबाहक र हेभी सवारीसाधन सञ्चालन गर्न पाइने उल्लेख छ ।


सो खण्डको सडक अवरोध हटे पनि यस अघि सडक खण्ड निर्माणका लागि याम्पाफाँट र घाँसीकृुवा सडक खण्डमा राती ११ः०० बजेदेखीबिहान ४ः०० बजेसम्म यातायात आवगमनमा भने रोक लगाइएको सहायक प्रजिअ गैह्रेले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी