
दमौलीः जेसिआई व्यास नगरको बाल प्रतिभामूलक प्रतिष्पर्धा व्यास नगर साइनिङ स्टारको अडिसन यही असार १० र ११ गते दमौलीमा हुने भएको छ ।
शनिबार सम्पन्न क्लबको दोश्रो साधारणसभाबाट कोभिडका कारण दुई वर्ष रोकिएको प्रतियोगिता यसपाली गर्ने निर्णय भएको अध्यक्ष कृष्ण सुनारले बताए ।
क्लबले प्रतियोगिताको ग्राण्ड फिनालेको मिति भने साउन २१ गतेका लागि तोकेको छ । क्लबको साधारण सभाले कार्यकारी उपाध्यक्ष कमल गिरीलाई प्रतियोगिताको मूल संयोजक तथा अर्का कार्यकारी उपाध्यक्ष गणेश थापालाई सह मूल संयोजक चयन गरेको छ ।
प्रतियोगिताका लागि अध्यक्ष सुनारको संयोजकत्वमा स्टेयरिङ समिति गठन गरेको छ । बैठकमा पूर्व अध्यक्षहरुले प्रतियोगिता प्रभावकारी बनाउन आवश्यक सुझाव प्रदान गरेको महासचिव विरेन्द्र नरालले जानकारी दिए ।
क्लबले यसबारे थप जानकारी पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दैछ ।