वृद्धाश्रमका ज्येष्ठ नागरिकले भने,‘अब भत्ता लिन जाँदा हस्ताक्षर गछौं’

  • ख-
  • ख+

दमौलीः ६८ वर्षिय विमला भट्टराई निरक्षर हुन् । सरकारबाट सामाजिक सुरक्षा भत्ता बुझ्छिन् । परिवारका सदस्य कोही नभएकी उनी व्यास ५ को वेदव्यास ज्येष्ठ नागरिक आश्रममा आश्रय लिंदै आइरहेकी छन् । अक्षर नचिन्दा वृद्धभत्ता बुझ्न औंठा छाप लगाउँदा ग्लानी महसुस गरिरहेकी उनी अब भत्ता बुझ्दा हस्ताक्षर गर्न सक्षम बनेकी छन् ।


आश्रममा आश्रय लिंदै आएका वृद्धवृद्धालाई अक्षर चिनाउनका लागि इनरव्हिल क्लब अफ दमौली र रोटर्याक्ट क्लब अफ वेदव्यासको संयुक्त आयोजनामा सञ्चालित १२ दिने प्रशिक्षणपछि अक्षर नचिनेका वृद्धवृद्धाले पनि हस्ताक्षरसम्म गर्न सक्ने आत्मविश्वास बटुलेका छन् । ६८ वर्षिया भट्टराई खुशी हुँदै भन्छिन्,‘अब आफैं हस्ताक्षर गरेर भत्ता बुझ्न सक्ने भएकी छु ।’


तालिमकी सहभागी मनुमाया श्रेष्ठले यस्ता सिकाइहरुलाइ निरन्तरता दिन सके दैनिक जीवन यापनमा अत्यन्तै सहज हुने बताइन् ।तालिमको समापनमा डिस्ट्रीक रोटर्याक्ट चेयर सुबास सिग्देलले सिक्नका लागि उमेरले नछेक्ने भन्दै क्लबले गरेको कार्य सराहनीय भएको बताए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठ तथा व्यास ५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठ विशिष्ट अतिथि थिए ।


कार्यक्रममा रोटरी क्लबका पूर्व अध्यक्ष एवं तनहुँ उद्योग वाणिज्य संघका महासचिव इमकुमार मल्ल, इन कमिङ्ग प्रेसिडेन्ड दिनेश श्रेष्ठ, रोटरी भाइस प्रेसिडेन्ट किन कुमार मल्ल , राजकुमार श्रेष्ठ रोटरी एबम शिक्षा बिद बिना कैनी लगायतले तालिम निकै प्रभावकारी भएको बताए । इनरव्हिलका पास्ट पेसिडेन्ट अरुणा श्रेष्ठ, रोट¥याक्ट क्लक अफ वेदव्यासकी चार्टर्ड पेसिडेन्ट सन्जु घले लगायतले आ आफ्नो मन्तव्य राखेका थिए ।


कार्यक्रममा इनरव्हिलकी उपाध्यक्ष मन्जु थापा, इनरव्हिल क्लब दमौलीकी परिकल्पनाकार निर्मला मल्ल लगायतले बोलेका थिए । आगामी दिनमा पनि यस्तै तालिम सञ्चालन गरिने क्लबकी अध्यक्ष सन्जु घलेले बताइन् ।

ईनरह्विल क्लब अफ दमौलीकी अध्यक्ष आशा बानियाँले कार्यक्रमबाट प्राप्त प्रतिक्रियाले उत्साहित बनेको बताइन् ।


भवनका लागि श्रेष्ठको ५ हजार

सो अवसरमा आर्थिक अभावका कारण अधुरो भवन निर्मण सहयोगको लागि रोटरी क्लब अफ दमौलीका आगामी अध्यक्ष दिनेशकुमार श्रेष्ठले नगद हजार आश्रमकी कार्यवाहक अध्यक्ष शकुन्तला आलेलाइ हस्तान्तरण गरे । साथै, व्यास ४ निवासी जया न्यौपानेले ६ हजार रुपैयाँ सो अवसरमा आश्रमका लागि हस्तान्तरण गरिन् ।
तालिमका प्रशिक्षकका लागि रोटरी क्लब अफ दमौलीका पूर्व अध्यक्ष रजिनलाल श्रेष्ठले सो कार्यक्रम मार्फत स्टेसनरी सामाग्री प्रदान गरे ।
क्लबकी निवर्तमान अध्यक्ष शरु श्रेष्ठ , पूर्व अध्यक्ष अरुणा श्रेष्ठ, उपाध्यक्ष मन्जु थापाको पनि उपस्थिती रहेको इनरह्विलकी सचिव शर्मिला श्रेष्ठले जानकारी दिइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी