आँबुखैरेनी सडक अपडेटः साँझ ७ बजेसम्म माइक्रो चल्न पाउने, बिहान ५ बजेसम्म यातायात रोक

  • ख-
  • ख+

आँबुखैरेनीः सडक भासिएका कारण अवरुद्ध पृथ्वी राजमार्गको मुग्लिन आँबुखैरेनी सडकखण्डमा दिउँसोबाट साना तथा मझौला सवारी साधन सञ्चालनमा आइरहेका छन् ।


तर प्रशासनले साँझ ७ बजेसम्म उनीहरु प्रवेश गरिसक्नुपर्ने बताएको छ । सहायक प्रमुख जिल्ला अधिकारी काशिराम गैह्रेले पहाड खनेर तत्कालका लागि एकतर्फी रुपमा माइक्रो, कार र बाइक चलेको भन्दै जोखिमका कारण राती ती पनि सञ्चालनमा रोक लगाइएको बताए ।

भोलिपल्ट बिहान ५ बजेपछि मात्र साधन सञ्चालनमा आउने उनले बताए ।
प्रशासनले सडक ठूला सवारीका लागि योग्य बनाउन काम थालिएको भन्दै अब केही दिनभित्रै यातायात नियमित हुने गरी काम हुने बताएको छ ।

घटनास्थलको निरीक्षण गर्दै गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री डोवाटे विकले सडक सक्दो चाँडो सञ्चालनमा ल्याउनका लागि आवश्यक वातावरण तयार पार्न खटिएका प्राविधिकलाई निर्देशन दिएका छन् ।


कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी