
आँबुखैरेनीः तनहुँको आँबुखैरेनी ४ साँखरस्थित मस्र्याङदी जलविद्युत परियोजनानजिकैको सडक भासिंदा भएको दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ ।
पहिरोमा बा १० च ४६४९ नम्बरको कार र बा ३३ प १०८१ नम्बरको मोटरसाइकल
पुरिंदा एक यात्री आँबु २ निवासी ३५ वर्षका विनोद घिमिरे र अर्का नाम नखुलेका पुरुषको शव भेटिएको थियो ।

अरु सवारी र थप यात्रु बेपत्ता भएको हुनसक्ने अनुमानका आधारमा सुरक्षाकर्मी परिचालन गरेर खोजी कार्य जारी राखिएको तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी काशिराम गैह्रेले बताए ।

बेलुकासम्म डाइभर्सन बनाएर यातायात सञ्चालन गरिने
अहिले घटनास्थलमा सडक डिभिजन कार्यालयका इञ्जिनियर र प्राविधिक परिचालन गरिएको छ । उनीहरुले साँझसम्म डाइभर्सन बनाएर एकतर्फी साना र मझौला सवारी सञ्चालन गर्ने गरी काम गरिरहेको सहायक प्रजिअ गैह्रेले दमौली न्यूजलाई जानकारी दिए ।