
दमौली: तनहुँका श्रममन्त्री कृष्णकुमार श्रेष्ठसहित नेकपा एसबाट मन्त्री बनेका चार मन्त्रीको पद थमौती भएको छ ।
शनिबार मन्त्री फेर्ने निर्णय गरेको पार्टीले सोमबार भने हाललाई थमौती गरेको हो ।
संसदमा बजेटमाथि छलफल भइरहेका बेला मन्त्री नगर्ने सहमति सत्तारुढ गठबंधन बैठकमा जुटेको हो ।
त्यसलगत्तै बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्रीले उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएको श्रममन्त्री कृष्णकुमार श्रेष्ठ किसानले बताए ।
पार्टीले शहरी विकासमन्त्री झाँक्री, स्वास्थ्यमन्त्री खतिवडा, श्रममन्त्री श्रेष्ठ र पर्यटनमन्त्री प्रेम आलेलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।