ढाँडफेदी खाेलाले बगाउँदा गुरूङ बेपत्ता

  • ख-
  • ख+

भानु: भानु नगरपालिका– ११ स्थित ढाँडफेदी खोलाले बगाउँदा एक वृद्ध बेपत्ता भएका छन् ।

सोमबार बिहान करिब १० बजेको समयमा खोला तर्ने क्रममा ढाँडखोलामा आएको बाढीले बगाउँदा ६० बर्षीय चन्द्रबहादुर गुरुड बेपत्ता भएकाे जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।


आइतबार साँझ देखि पानी परिरहेका कारण खोला तथा नदीमा पानीको बहाव बढेको हुँदा उक्त घटना घटेको हाे ।

मानिसलाई खाेलाले बगाएको जानकारी पाउने बित्तिकै प्रहरी घट्नास्थलमा पुगेर खोजी कार्य भैरहेको तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्