शुक्लागण्डकीका युवाको अभियानः हुनेले दिएर जाऔं नहुनेले लैजाऔं

  • ख-
  • ख+

दुलेगौंडा: शुक्लागण्डकीका युवाले छाक कटाएर संकटमा परेकालाई सहयोग गर्न फुड बैंक स्थापना गरेका छन् । उनीहरुले बैंकमार्फत सहयोग खाद्यान्न सहयोग वितरण थालेका छन् ।

शुक्लागण्डकी युनेस्को केन्द्र र शिलादेवी युवा क्लबले कोरोना संकटका कारण रोजगारी गुमाएर आर्थिक संकटमा परेका श्रमिक वर्गलाई लक्षित गर्दै छाकबाट गास कटाएर संकलित सहयोग वितरण थालेको जानकारी दिएको छ । ‘कोरोनाका कारण बन्द र निषेधाज्ञामा दैनिक ज्याला मजदुरी गरेर खाने वर्ग समस्यामा परेका छन्,’ केन्द्रका अध्यक्ष भिष्म श्रेष्ठले भने,‘आर्थिक अभावमा कोही भोकै बस्नु नपरोस् भनेर सबैको सहयोगबाट बैंक स्थापना गरेर सहयोग वितरण थालेका हौं ।’

अभियानले शनिबार मात्र ४६ परिवारलाई शंकलित रकमबाट खाद्यान्न वितरण गरेको छ । एक कार्यक्रम गरेर राहत वितरण गरिएको उनले जानकारी दिए । युवाले फुड बैंक नियमित रुपमा सहयोग वितरण जारी रहने बताएका छन् । ‘इच्छुकलाई सहयोगका लागि आग्रह गरेका छौं,’ उनले भने,‘आवश्यकता परेकालाई वितरण गर्छौं ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी