
दमौलीः विश्व वातावरण दिवसको अवसर पारेर जेसिआइ व्यासनगरले निर्मल मावि परिसरमा वृक्षरोपण गरेको छ ।
वन डिभिजन कार्यालयबाट प्राप्त पिपल, कपुरसहित विभिन्न प्रजातिका २५ थान बिरुवा रोपण गरिएको क्लबका अध्यक्ष कृष्ण सुनारले जानकारी दिए ।
क्लबका पूर्व अध्यक्षहरु तथा पदाधिकारीको उपस्थितीमा गरिएको वृक्षरोपण कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक गणेशचन्द्र बस्नेतले क्लबको सामाजिक कार्यको प्रशंसा गर्दै संरक्षणमा भूमिका खेल्ने प्रतिवद्धता जनाए ।

क्लबले समेत रोपिएका बिरुवाको नियमित संरक्षणमा भूमिका खेल्ने प्रतिवद्धता जनाएको छ ।