दमौलीमा ५ दिने नृत्य प्रशिक्षक प्रशिक्षण हुने

  • ख-
  • ख+

दमौलीः गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्चको आयोजना र नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानको सहयोगमा भिक्टोरिया डान्स ट्रेनिङ्ग सेन्टरको हल,दमौलीमा पाँचदिने ’नृत्य प्रशिक्षक प्रशिक्षण कार्यक्रम’ गरिने भएको छ ।


नृत्य प्रशिक्षक प्रशिक्षण कार्यक्रमको पूर्वतयारी स्वरुप जिल्ला समन्वय समिति तनहुँको सभाहलमा भएकोगीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँको बैठकमा नृत्य प्रशिक्षक प्रशिक्षण कार्यक्रमको पूर्व तयारी बैठक सम्पन्न भएको थियो ।

गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्चको बैठकबाट नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य नृत्य विभाग प्रमुख नमुना शर्माको प्रस्ताव/सहयोग अनुरुप कार्यक्रम गर्न लागिएको संस्थाका अध्यक्ष आकाश अधिकारीले जानकारी दिए ।

नृत्य विभाग प्रमुख नमुना शर्माले देशका विभिन्न स्थानबाट प्रशिक्षणको लागि आवेदन आएको भएता पनि तनहुँ जिल्लालाई छनौट गर्न सकेकोमा खुसी ब्यक्त गर्दै यस नृत्य प्रशिक्षक प्रशिक्षणबाट प्रशिक्षित जो कोहीले आगामी दिनमा तनहुँ जिल्ला भित्र अथवा देशका विभिन्न स्थानमा प्रशिक्षण गर्न सकिने कुरामा जोड दिए ।

सोही कार्यक्रममा सर्जन थापाको संयोजकत्वमा तीन सदस्यीय नृत्य प्रशिक्षक प्रशिक्षण कार्यसमिति चयन गरिएको छ।समितिमा बसुन्धरा घर्ती र दिपक राई छन् ।

प्रतिष्ठानले नृत्य विधालाई पनि समेट्दै अगाडि बढेको संस्थाका सचिव दिवाकर भट्टराईले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी