जिल्ला समन्वय समिति निर्वाचनः वाग्ले र सुनारमा कसको पल्ला भारी ?

  • ख-
  • ख+

दमौलीः व्यास नगर कार्यपालिकाको मतदान जेठ २५ गते हुने तयारी छ । २५ गते हुने मतदानको लागि आज मनोनयन दर्ताको कार्यक्रम रहेको छ ।

यही मनोनयन दर्ताको समय अन्तिम हुँदा काङ्ग्रेस भित्र उमेदवार का विषयमा व्यापक दौडधुप भएको छ । खासगरी कार्यपालिकाको सदस्य बन्न काङ्ग्रेस भित्र दर्जनौंको इच्छा छ ।
व्यासमा कांग्रेसको बहुमत रहेकोले पनि सदस्य बन्न पार्टी भित्र हानाथाप छ ।

नयाँ कि पुरानो अनुहार ?

व्यासमा मेयर उम्मेदवार दोहोरिएको अवस्थामा कतिपयले जिल्ला समन्वय प्रमुखको उम्मेदवार समेत दोहोरिने आँकलन गर्दै विगतका समन्वय प्रमुख शान्तिरमण वाग्ले नै दोहोरिने चर्चा गरिरहेका छन् ।

तर, नयाँ अनुहारको चर्चासमेत अहिले सुनिएको छ । व्यास नगरपालिकाको कार्यपालिकामा केशबहादुर सुनारलाई मनोनित गरेर उनलाई नै समन्वय प्रमुख निर्वाचित गराउने चर्चा पनि छ ।

सुनार यस अघि वडा सदस्य हुँदै जिल्ला समन्वय सदस्य भैसकेका छन् । कांग्रेसको पकड बलियो भएको र गठबन्धनसमेत हुने अवस्था भएकाले विगतमा जस्तै समन्व्य प्रमुख कांग्रेसको पोल्टामा जाने करिब निश्चित छ ।


कांग्रेस निर्णायक

यस्तोमा कांग्रेसले तय गर्ने उम्मेदवार नै निर्वाचित हुने करिब पक्का छ ।
यस्तोमा केन्द्रमा पार्टी सभापतिनिकट अनि जिल्लामा निर्णायक छवि बनाएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको रुचि कसतिर छ भन्ने कुराले पनि अर्थ राख्छ । अनि पछिल्लो समय सुनारलाई कार्यपालिका सदस्य निर्वाचित गराउन पौडेलले रुचि देखाएका कारण उनैलाई प्रमुख निर्वाचित गराउने तयारीका रुपमा पनि हेरिएको छ ।

यद्यपि पौडेलसँग निकटको सम्बन्ध कायमै राखिराखेका वाग्लेले अन्य नेतासँग पनि बनाएको सन्तुलनका कारण आफूलाई आशावादी ठानिरहेका बेला सुनारलाई कार्यपालिकामा ल्याउन पौडेलले देखाएको रुचिका कारण उनको यात्रा त्यति सहज भने नहुने देखिन्छ ।

यसबीचमा, केही काङ्ग्रेस नेताहरूले ऐउटै ब्यक्ति दोहोर्याउनुको सट्टा नयाँलाई दिनुपर्ने पनि बताइरहेका छन् । व्यास नगरपालिकामा दलित, महिलालगायतका आरक्षितसँगै ८ जना कार्यपालिका सदस्य निर्वाचित हुँदै छन् । केही सिधै कार्यपालिका सदस्य हुँदैछन् भने केही निर्वाचितमध्येबाट हुने कानूनी प्रावधान छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्