व्यास नगरपालिकाका निर्वाचितलाई पौडेलले भने, ‘अघिल्लो पटकभन्दा बढी विकास गर्नुस्’

  • ख-
  • ख+

दमौलीः नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नयाँ ढंगबाट काम गर्न व्यास नगरपालिकाका जनप्रतिनिधिलाई आग्रह गरेका छन् ।

नवनिर्वाचित जनप्रतिनिधिका लागि व्यास नगरपालिकाले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस अघिको कार्यकालको काम पर्याप्त नभएको भन्दै अघिल्लो पटकभन्दा नयाँ र वैज्ञानिक ढंगबाट जनताको सेवा गर्न नवनिर्वाचितलाई आग्रह गरे ।

उनले दमौलीमा बालबालिका खेल्ने तथा मानिस घुमफिर गर्ने पर्याप्त स्थान नभएको भन्दै उनले चिल्ड्रेन पार्क विकास गर्न प्रतिनिधिहरुसँग आग्रह गरे ।

कार्यक्रममा प्रदेशका आन्तरिक मामिला मन्त्री डोवाटे विक, नगर प्रमुख बैकुण्ठ न्यौपाने, उपप्रमुख इन्दिरा दरैसँगै नवनिर्वाचित जनप्रतिनिधिहरु उपस्थित थिए ।

प्रतिनिधिलाई विधि विधान र ऐन कानून तथा जनताका सेवाबारे जानकारी दिन प्रशिक्षण आयोजना गरिएको नगरपालिकाले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्