
बिकास खनाल
दमौली: भर्खरै सम्पन्न स्थानीय चुनाव पछि नेपाली काङ्ग्रेसमा भांँडभैलाे सुरु भएको छ । खासगरी काङ्ग्रेसका गड मानिएका वडाहरूमा वडा अध्यक्ष नै हारेपछि भाँडभैलाेकाे श्रृखला बढेको हाे ।
पार्टी भित्रकै जिम्मेवार नेताहरूले अन्तर्घात गरेको भन्दै फटाफट कारबाहीको सिफारिस बढ्दै जान थालेपछि काङ्ग्रेस भित्र अहिले खैलाबैला मच्चिएको छ । यसै सन्दर्भमा व्यास ७ का ११ जना कारबाहीमा परेका भनिएका नेता कार्यकर्ताले ” प्रतिशाेधका विरूद्ध ” भन्दै सुक्रवार पत्रकार सम्मेलन गरे ।
पत्रकार सम्मेलनमा उनिहरूले हारेको रिस इमानदार कार्यकर्ता माथि गरेको भन्दै सिफारिस गर्ने हरू लाई नैं कारबाही गर्न माग गरे ।
हामीलाई कार्वाहीसंग केही चिन्ता छैन भन्दै उनिहरूले यति लामाे निस्ठाकाे राजनीति गर्ने पुराना इमानदार कार्यकर्ता माथि अन्यायपूर्ण तरिकाले प्रतिशाेध साध्ने काम भएको बताए ।
एक कार्यकाल वडा अध्यक्षकाे जिम्मेवारी सक्दा जनताको काम कति गरियो गरिएन , त्यसको समिक्षा नगर्ने , दम्भ र अहंकार साध्ने अनि जनताको मन जित्न नसकेर हार खाँदा हामीलाई दाेस दिने ? पत्रकार सम्मेलनमा पार्टी क्षेत्रीय सदस्य एवं प्रेस युनियनका पूर्व केन्द्रीय अध्यक्ष कुलचन्द्र वाग्लेले भने ।
सम्पुर्ण साथीहरू लाई मिलाएर अगाडि बढाउनुकाे सट्टा दाेसाराेपण गर्ने ? याे तरिकाले पार्टी कहाँ पुग्छ ? उनिहरूले प्रश्न गरे ।
कारबाही सिफारिसमा परेका ११ सहित अन्य गरि झण्डै बीसको संख्यामा उपस्थित रहेका कार्यकर्ताहरुले एक स्वरमा प्रतिशोध पूर्ण कारवाहीका विरुद्धमा अभियान जारी राख्ने बताए ।
सहभागि सबैको एकै स्वर थियो- ‘भावी नेतृत्वमा समेत आउन नदिन देखाइएको प्रतिशोधबाट हामी विचलित हुँदैनौं ।
प्रमाण बिना अर्कोलाई अाराेप लगाउन मिल्ने भए भाेलि पार्टीको अवस्था के हुन्छ ? पार्टी कहाँ पुग्छ भन्दै व्यास ७ वडा कार्य समितिको बैठक नवसि षड्यन्त्र गरिएको अाराेप लगाए । जेठ १४ गते क्रियाशिल सदस्यहरुको भेला पनि बोलाइएको छैन ।
एक सय एकासी क्रियाशिल सदस्य रहेको वडामा नेपाली काँग्रेसको बैठक बस्ने र भेला गर्ने भन्ने हामीलाई कुनै जानकारी नै छैन , अनि यस्तो तरिकाले केही सिमित मान्छेहरू काेठामा बसेर गरेको निर्णय कसरी अाधिकारिक हुन्छ ? उनिहरूले प्रतिप्रश्न गरे ।
स्थानीय तहको निर्वाचनमा वडा नं. ७ को वडाध्यक्षमा सतिशचन्द्र न्यौपानेले चुनाव हारेपछि नेपाली काँग्रेस व्यास-७ कार्यसमितिले ११ जनाको विरुद्ध कारवाहीको सिफारिस गरेको तथ्य सार्वजनिक भएपछि सुक्रवार पत्रकार सम्मेलन गरिएको थियो । यश अगाडि पनि व्यास ५ काे वडा अध्यक्षमा यज्ञ खनाल पराजित भए पछि केही ब्यक्तिहरू लाई कारबाही सिफारिस गरिएको थियो ।
नेपाली काङ्ग्रेस वडा सभापति युवराज गुरुङले कारवाहीका लागि क्षेत्रीय सदस्य कूलचन्द्र वाग्ले सहित वडा कार्य समितिका उपसभापित सिकन्दर प्रसाद गुरुङ, क्षेत्रिय प्रतिनिधिहरु कल्पना केसी, लालप्रसाद प्रधान, नगर कार्यसमिति सदस्यहरु शम्सेर बहादुर कुवँर, मोतिलाल श्रेष्ठ, पम्फा वाग्ले, वडा कार्य समिति सदस्यहरु रमेश वाग्ले, क्रियाशिल सदस्यहरु शिवलाल प्रधान, हर्कलाल श्रेष्ठ र अमर जि सी गरि ११ जनालाई कारबाही सिफारिस गरेका थिए । कारबाही सिफारिसमा परेपछि उनिहरूले पत्रकार सम्मेलन गरि अाफ्नाे धारणा सार्वजनिक गरेका हुन् ।