मेयर उम्मेदवार जोशी उपचारका लागि दिल्लीमा

  • ख-
  • ख+

दमौलीः स्थानीय तह निर्वाचनका क्रममा व्यास–८ रिस्तीमा आक्रमणमा परी घाइते भएका व्यासका स्वतन्त्र मेयर पदका उम्मेदवार दीपकराज जोशीको भारतको दिल्लीस्थित मेदान्त अस्पतालमा उपचार हुने भएको छ ।


राजधानीस्थित फ्रन्टलाइन अस्पतालमा गरिएको उपचारपछि टाउकाको चोटका लागि थप उपचार काठमाडौंमा नहुने भएकाले दिल्लीमा गर्न चिकित्सकले सुझाव दिएकाले उनी त्यसतर्फ प्रस्थान गरेका हुन् ।


उपचारबाट फर्केपछि आफू व्यास नगरपालिकाका नागरिकको साथमा रहेर बेथिती तथा विसङ्गतिको चिरफारमा लाग्ने प्रतिवद्धता जोशीले जनाएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्