
दमौलीः व्यास नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम निर्माणका लागि वडा भेला गरि सुझाव लिन थालेको छ ।
आर्थिक वर्ष ०७९ ÷ ०८० को बजेट , निति तथा कार्यक्रम निर्माणका लागि नगरपालिकाले वडा वासिको सुझाव संकलन गर्न वडा भेला सुरु गरेको हो ।
नगरपालिकाले सोमबार व्यास १ बाट सुरु गरेको वडा स्तरीय योजना तर्जुमा गोष्ठि मंगलबार व्यास २ मा गरेको थियो । नगरबासिको अपनत्व कायम गराउन सबै वडामा टोलवासि , राजनीतिक दल , आमा समुह , प्रत्या सीउमेदवार, विद्यालयका प्रतिनिधि लगायतको सहभागीता गराइ कार्यक्रम आयोजना थालिएको नगरपालिकाले जनाएको छ ।
मंगलबार वडा नं २ का अध्यक्ष काशीराम श्रेष्ठको अध्यक्षतामा २ नम्बर वडामा आयोजित कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले गत बर्ष प्रत्येक वडामा १ करोड २१ लाख रुपैयाँका दरले बजेट बाँडफाँट गरिएको बताए ।

प्रमुख न्यौपानेले वडा भित्रका विभिन्न टोलका बजेट विनियोजन, विकास निर्माणका बारेमा भए गरेका र हुने कामका बारेमा प्रगति तथा योजना सुनाएका थिए । कार्यक्रममा व्यास नगरपालिकाका
प्रमुख प्रशासकिय अधिकृत डिल्लीराम सिग्देल, वडा सदस्य सुरेश वाग्ले , वडा सचिव पम्फा बस्नेतलगायतले गोष्ठीका बारेमा बोलेका थिए ।