
दमौलीः नेपाल आयुर्वेद औषधी व्यवसायी संघ तनहुँको अध्यक्षमा ताराप्रकाश थापा सर्वसम्मत चयन भएका छन् ।
शनिबार भएको संघको दोस्रो अधिवेशनबाट थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको निवर्तमान अध्यक्ष भानु चापागाईंले बताए ।
संघको उपाध्यक्षमा अनिल त्रिपाठी,सचिवमा माधव गिरी र कोषाध्यक्षमा किशोर पन्त रहेका छन् ।