भानु प्रमुखबाट त्रिपाठीद्वारा चण्डिस्थान सामुदायिक भवन उद्घाटन

  • ख-
  • ख+

भानु : भानु नगरपालिका वडा नं. १ ठिमुराबास, सालबिस्नेमा भानु नगरपालिकाको १५ लाख आर्थिक सहयोग सहित ४० लाखमा निर्माण सम्पन्न भएको सामुदायिक भवनको आज एक कार्यक्रमकाबीच भानु नगरका नगर प्रमुख आनन्दराज त्रिपाठीले उद्घाटन गरे ।

निर्माण समितिका अध्यक्ष शुक्र लामाको अध्यक्षमा भएको कार्यक्रम भानु नगरपालिकाका प्रशासकीय अधिकृत चन्डिकालाल पौडेल , वडा नं १ वडा अध्यक्ष कान्छीमाया तामाङ पूर्व अध्यक्ष प्रेम लामा लगायतको उपस्थिति रहेको थियो ।


स्थानीयको जनश्रमदान , आमा समुह र नगरपालिकाको सहयोगमा २ वडा हल सहित भवन निर्माणका लागि ५० हजार भन्दा माथी सहयोग गर्ने १९ जनालाई सम्मान प्रदान गरिएको छ ।


कार्यक्रममा बोल्दै नगर प्रमुख त्रिपाठीले स्थानीय मेलमिलाप र आपसी सहकार्यले नै विकासको सुरुवात हुने कुरा यो भवन निर्माण समिति प्रमाणित गरेको र भानु नगरपालिकाकै उत्कृष्ट भबन बनेको भन्दै यस भवनका लागि भोलिका दिनमा आफू र नगरको सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी