असहयोग गरेको प्रमाण भेटिए राजनीति छोड्छु ः कांग्रेस केन्द्रीय सदस्य वाग्ले

  • ख-
  • ख+

विकास खनाल
दमौलीः
निर्वाचन हराउन भूमिका खेलेको आरोप खेपेपछि नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य ध्रुव वाग्लेले आफ्नो राजनीति सिध्याउन प्रतिसोध साँध्न खोजिएको भन्दै कुनै प्रमाण भेटिए केन्द्रीय सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन् ।


केही दिन अघि व्यास ५ को कार्य समितिले चुनाव हराउन भूमिका खेलेको आरोप लगाउँदै वाग्लेमाथि कारबाहीको माग गर्दै ज्ञापनपत्र नगर समितिमा बुझाएको थियो ।
शुक्रबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै उनले विभिन्न कारणबाट चुनाव हारेको भन्दै आफूले बरु उम्मेदवार जिताउन व्यक्तिगत प्रयास गरे पनि त्यसले काम नगरेको जिकिर गरे ।


‘चुनाव हारेमा ध्रुव वाग्लेको राजनीतिमा समस्या पर्छ भनेर मैले असन्तुष्टलाई बोलाएर व्यक्तिगत पहल गरेको हुँ,’ उनले भने , ‘आफूले सक्ने वडाहरुमा पनि मैले पार्टी जिताउन पहल गरेकै हुँ । ‘
तर आफूले प्रयास गरे पनि सबै काम नलागेको हुन सक्ने भन्दै उनले कोही व्यक्तिको निर्देशनमा अँध्यारो कोठामा बसेर आाफूविरुद्ध कार्वाहीको हौवा पिटाइएको आरोप लगाए ।

वाग्लेले भने, ‘हारका कारण यी हुन्’
नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा वाग्लेले वडामा चुनावमा पराजय हुनुमा विद्रोही उम्मेदवार हुनु, असन्तुष्टको तीव्र प्रतिक्रिया, जातीय नारा तथा पुरानै दोहोरिँद ाको आक्रोश कारण भएको भन्दै आफूले सकेसम्म कम गर्न भूमिका खेलेको जिकिर गरे ।


जति पछि भयो उति काङ्ग्रेसको मत किन कम भैरहेको छ भन्ने विषयमा समीक्षा हुनुपर्ने भन्दै वाग्लेले कम मत आएको बिषयलाई गहिराइमा पुगेर सुधार गर्नुको सट्टा अरुलाई आरोप लगाउनुलाई गलत भन्दै खारेज गर्न उनले माग गरे ।

‘जनताले उमेदवारको लोकप्रियता पनि हेर्छ जनताले मत नदिएको हुन सक्छ’ भन्दै उनले प्रश्न गरे, ‘म माथि किन षड्यन्त्र ?’


मेरो जोडबलमै यज्ञ खनाललाई टिकट दिएको हो अनि मैले नै हराउन लाग्छु ? भन्दै वाग्लेले पार्टीको आधिकारिक उमेदवारले जित्नुपर्छ भन्ने आफ्नो मान्यता रहेको बताए । फट्याइँ , षड्यन्त्र किन भयो , रातारात किन यस्तो गरियो ? वाग्लेले प्रश्न गरे ।

पार्टी भित्रको आन्तरिक चुनावमा होला कुनै पक्षमा लागेको भन्दै वाग्लेले त्यही रिस अहिले साँध्ने काम भएको जिकिर गरे । ‘५ बर्षसम्म रजगज गर्ने एउटा अनि कारबाहीको डम्फु फुकाउने
एकजना ब्यक्ति ?’ भन्ने प्रश्न गर्दै वाग्लेले भने , ‘४० औं बर्ष पार्टीमा रगत बगाएको भन्दै प्रश्न गरे, पार्टीलाई जीवन दिएको छु अनि यस्तो मान्छेलाई अफवाह फैलाउने ? ‘

वडा सदस्य शुन्दर वाग्लेले केस ध्रुव वाग्लेको कारबाही फिर्ता र अन्यको हकमा निस्पक्ष छानबिन होस भन्ने माग गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी