व्यास २ का वडाध्यक्ष काशिरामको प्रतिवद्धताः फोहोरमैला र तारको व्यवस्थापन

  • ख-
  • ख+

विकास खनाल
दमौलीः
स्थानीय तहको निर्वाचनबाट भारी मतले विजयी व्यास नगरपालिका वडा नं २ का नवनिर्वाचित वडाध्यक्ष काशीराम श्रेष्ठले पदभार सम्हालेका छन् । वडाध्यक्ष श्रेष्ठले पदभार सम्हालेसंगै बिहीबारदेखि नै सेवाग्राहीको काम गर्न थालेका छन् ।

व्यास नगरपालिका वडा नं २ लाई नमुना वडा बनाउन तथा पहिलो कार्यकालमा अधुरो रहेका योजना हरू पूरा गर्न आफ्नो दोस्रो कार्यकाल खर्चिने अध्यक्ष श्रेष्ठले बताए । सबै राजनीतिक दल, टोलबासी , नागरिक समाज लगायतको सुझाव सल्लाह लिएर अघि बढ्ने भन्दै श्रेष्ठले बजारको फोहोरमैला र अब्यवस्थित बिजुलीको तारलाइ व्यवस्थित बनाउने तर्फ लाग्ने बताए । अध्यक्ष श्रेष्ठले सार्वजनिक जग्गा अतिक्रमण लाई रोक्ने र फिर्ता ल्याउने आफ्नो योजना रहेको समेत बताएका थिए ।
वडा सचिव पम्फा बस्नेतको अध्यक्षतामा सम्पन्न स्वागत तथा सम्मान कार्यक्रममा पूर्व वडाध्यक्ष एवम् प्रजातान्त्रिक सेनानी मोतिकुमार श्रेष्ठले नयाँ जनप्रतिनिधिलाई निष्पक्ष रूपमा जनताको काम गर्न शुभकामना दिएका थिए ।

काशिराम मोतिकुमारपुत्र पनि हुन् । उक्त अवसरमा पुर्व जनप्रतिनिधिलाई बिदाइ गरिएको थियो भने नयाँ जनप्रतिनिधि लाई स्वागत गरिएको थियो । कार्यक्रममा अध्यक्षका प्रत्यासि राजकुमार श्रेष्ठ राकुले आफ्नो एजेन्डा पनि समावेश गरि काम गर्न अनुरोध गरेका थिए । कार्यक्रममा टोलबासी,आमा समूह कर्मचारी लगायतको उल्लेखनीय सहभागिता रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी