अनुमोदन भयो काजिमानको विकासे सपना (भिडियोसहित)

  • ख-
  • ख+

दमौलीः व्यास १४ का वडाध्यक्ष काजीमान श्रेष्ठ दोहोरिएर पनि सहज जित हासिल गर्ने व्यासका जनप्रतिनिधिमा दरिएका छन् । तुलनात्मक रुपमा कम खर्च र दौडधुपका आधारमा मगर बहुल बस्तीमा नेवार उम्मेदवारका रुपमा दोश्रो पटक खडा भएका श्रेष्ठले सहजै जित हासिल गरे ।


दोहोर्रिका प्रतिनिधिलाई चुनाव जित्न हम्मे हम्मे परिरहेका बेला काजीमानको चुनौतीबीचको जितले उनका विकासे कामको अनुमोदन र सपनाप्रतिको विश्वासका रुपमा लिएका छन् । उनले निकटतम प्रतिष्पर्धी एमालेका नुरबहादुर आलेलाइ पराजित गरे ।
श्रेष्ठले तीन सय ४२ मत पाउँदा नुरबहादुरले सात सय २६ मत पाएका थिए । जुन झिनो मतले समेत दोहोरिएकाले हार्दा वा कठिन जित प्राप्त गर्दा सहज देखिन्छ ।


व्यास नगरपालिकाकै अंग भएर पनि भौगोलिक हिसाबले पछि परेको केशवटार पछिल्लो समय लामो समय केशवटार माविलाई नेतृत्व परेका पूर्व प्रधानाध्यापकको नेतृत्वमा विकासे यात्रामा दौडिरहेको छ ।


यसपालीको चुनावमा पनि जित हासिल गरेका काजीमान आफ्ना पूरा हुन बाँकी तर बाटामै रहेका सहज पहुँचको कामका अतिरिक्त कृषि र पर्यटनको केन्द्र वडालाई बनाउने योजनामा तल्लिन छन् ।

र, विगतमा एक घर एक धारा, टोलपिच्छे सडक र नाला, खरको छानोरहित वडालगायत सपना पूरा गर्न सफल काजीमानकै नेतृत्वमा अझ विकासे प्रगति हुने अपेक्षा स्थानीयको छ ।
लेखक तथा प्राध्यापक शिवप्रसाद तिवारी दोहोरिएका जनप्रतिनिधिको कठिन जितका समयमा काजीमानको सहज जितले उनीबाट अझै वडाले धेरै अपेक्षा गरेको पुष्टि हुने बताउँछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी