जोशीद्वारा पुन: मतगणनाको माग

  • ख-
  • ख+

दमौली: व्यास नगरपालिकाको मेयरमा पराजय भएका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले पुन: मतगणनाको लागि माग गरेका छन् ।
बुधबार दमौलीमा पत्रकार सम्मेलन गर्दै उनले निर्वाचन आयोगमा पुन: मतगणनाको लागि माग गर्ने जानकारी दिए ।

वडा नं १ देखि ९ सम्म मतगणना गर्दा मेरो अगाडि आईरहेकाे थियो तर अचानक मतगणनाकाे ढाँचा फेरियो र वडा नं १० देखि म पछाडि परेँ जाेशीले पत्रकार सम्मेलनमा भने । जितेर पनि हारेको छु , नगरवासीकाे मन जितेको छु त्यसकारण मलाई विश्वास गरेर मतदान गर्नुहुने सबैमा हार्दिक धन्यवाद दिन्छु जाेशीले भने । अहिले स्वास्थ्य अवस्था पुर्ण सुधार नभएकोले सुधार भए पछि नगरका सबै जनतालाई भेट्ने जाेशीले बताए ।

जाेशीले मतपत्र च्यातेकाे भन्ने हल्लामा सत्यता नभएको बताए । पत्रकार सम्मेलनमा उपमेयरका उमेदवार बसुन्धरा घर्तीले एक पटक हार्दैमा जीवन नसकिने भन्दै मैदानमा उत्रेपछि हारजित स्वाभाविक भएको बताइन् ।

‘जाेशी समूह र एमालेका उमेदवारहरूले अब नगरपालिकाकाे हरेक गतिविधिमा अाैंला उठाउने भन्दै ५ बर्ष सम्म प्रतिपक्षकाे भुमिका निभाउने बताइन् । हामी सधैं नगरवासीकै साथमा छाैँ,’ घर्तीले भनिन् ।

कार्यक्रममा चुडामणि दाहाल , दीर्घबहादुर थापा , ललित पाण्डे , ज्याेतिकुमार श्रेष्ठ , उज्वल पाैडेल लगायतको उपस्थिति रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्