व्यासको मतगणनाको उतारचढावमा विराम, अन्ततः व्यासको नगर प्रमुख पुनः न्यौपानेकै पोल्टामा (कसको कति मत )

  • ख-
  • ख+

दमौलीः उतारचढावपूर्ण चुनावी ग्राफलाई स्थिरता दिंदै व्यास नगरपालिकाको प्रमुखमा कांग्रेसका बैकुण्ठ न्यौपाने दोहोरिएका छन् ।

आफ्ना प्रमुख प्रतिष्पर्धी कांग्रेस पूर्व सहमहामन्त्री गोविन्दराज जोशीका पुत्र दीपकराजमाथि कठिन जित दर्ता गरेका न्यौपानेले कुल खसेको मध्ये ३० हजार दुई सय ४७ मध्ये १२०८७ मत पाए ।

एमालेको समर्थन पाएका दीपकराजले ११८२६ पाए । उनका पक्षमा करिब एक हजार मत भने बदर हुन पुग्यो ।

दुईबीचको मतान्तर दुई सय ५२ रह्यो ।

यससँगै लामो समयदेखि राजनीतिक मैदानमा रहेका न्यौपानेले आफ्ना नेता रामचन्द्र पौडेलका चिर प्रतिस्पर्धी गोविन्दराज जोशीलाई उनका छोरा हराएर जितको सन्देश दिएका छन् । तर उनको खस्किएको मतले भने आगामी दिनमा आफ्नो लोकप्रियता बढाउन थप मेहनत गर्नुपर्ने सन्देश दिएको छ ।

उपप्रमुखमा विजयी कांग्रेसकी इन्दिराले १३,४९८ मत पाउँदा उनकी मुख्य प्रतिष्पर्धी एमालेकी बसुन्धरा घर्तीले १०,०४२ मत पाइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी