व्यास १२ मा कांग्रेसका बमबहादुर वडाध्यक्ष

  • ख-
  • ख+

दमौलीः व्यास १२ को वडाध्यक्षमा नेपाली कांग्रेसका बमबहादुर आले निर्वाचित भएका छन् ।

निकट प्रतिष्पर्धी नेकपा एमालेका लालबहादुर अधिकारीलाई पराजित गर्दै उनी वडाध्यक्षमा विजयी भएका हुन् ।

एमालेले जित्ने आशा राखेको र कांग्रेस कमजोर रहेको ठानिएको वडामा आलेको जित भएको छ ।

विजयी आलेले नौ सय ३१ मत पाउँदा प्रत्यासी अधिकारीले आठ सय ९९ मत पाए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी