व्यास मतगणना अपडेटः कसले जित्ने सम्भावना ? के छ आधार ? (ताजा परिणामसहित)

  • ख-
  • ख+

दमौलीः व्यास नगरपालिकाको नगर प्रमुखको मतगणना जारी रहँदा कांग्रेसका मेयर उम्मेदवार बैकुण्ठ न्यौपाने र स्वतन्त्र उम्मेदवार दीपकराज जोशीबीच रोचक प्रतिष्पर्धा हुने देखिएको छ ।

शुरुवातदेखि नै निरन्तरको लिड गरिरहेका दीपकराज जोशीले यो समाचार तयार पार्दासम्म पनि साढे पाँच सय मतले अग्रता लिइरहेका छन् । यस अघि जोशीमाथि आक्रमण भएर स्थगित व्यास ८ को मतगणना भैरहँदा न्यौपानेले अन्तर घटाउने प्रयास गरे पनि उनले सोचेजस्तो नतिजा देखिएको छैन ।

करिब १२ सय मत खसेको कांग्रेस वरिष्ठ नेताको गाउँबाट चार सय बढीले न्यौपानेले लिड गर्न सके मात्र उनको जितका लागि मार्ग खुल्ने चुनावी हिसाब निकाल्नेहरुको राय छ । तर पनि व्यास १० र १४ बाट मत तान्ने अनि रिस्तीबाट अझै अन्तर घट्ने न्यौपाने पक्षधरको आँकलन छ ।

उनीहरु कम्तिमा तीन सयदेखि आठ सयसम्मले जित्ने अड्कलबाजी गरिरहँदा vib

शनिबार ११ बजेसम्मको रुझानले २९ हजार दुई सय ५२ मत खसेको व्यासको भावी मेयरको तस्बिर दिनेछ ।



कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी