व्यास ७ को वडाध्यक्षमा एमालेका कृष्ण न्यौपाने विजयी

  • ख-
  • ख+

दमौलीः व्यास ७ को वडाध्यक्षमा एमालेका कृष्ण न्यौपाने विजयी भएका छन् । भर्खरै सम्पन्न मतगणना परिणामअनुसार उनी कांग्रेसका निवर्तमान वडाध्यक्ष सतिशचन्द्र न्यौपानेलाई पराजित गर्दै वडाध्यक्षमा विजयी भएको बताइएको छ ।


निर्वाचन आयोगले अन्तिम मतपरिणामको नतिजा भने यो समाचार तयार पार्दसम्म सार्वजनिक गरेको छैन । तर, न्यौपानेका समर्थकले विजय र्याली निकालेका छन् ।

यो सहित एमालेले जितेका वडाको संख्या दुई पुगेको छ । व्यास ४ को वडाध्यक्ष पनि एमालेले जितेको थियो ।
कांग्रेसले भने १,२,३ मा जित प्राप्त गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी