स्थानीय तह निर्वाचनः म्याग्दे, भिमाद र आँबुखैरेनीका प्रमुखद्वारा सपथ

  • ख-
  • ख+

दमौलीः स्थानीय तह निर्वाचन सम्पन्न भएसँगै विजेता तीन तहका नेतृत्वले बिहिबार एकैसाथ सपथ ग्रहण गरेका छन् ।

म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, भीमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदी तथा आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले तनहुँ जिल्ला अदालतस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आएर सपथ ग्रहण गरेका हुन् ।


नवनिर्वाचित प्रतिनिधिलाई मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र ढुंगानाले सपथ ग्रहण गराएका थिए । सपथ ग्रहण गर्दै प्रतिनिधिहरुले नागरिकसमक्ष गरेको बाचा पूरा गर्ने प्रतिवद्धता जनाए ।

२०७४ सालमा निर्वाचित जनप्रतिनिधिको समयावधि सकिएको छ । नतिजा आउन बाँकी व्यासबाहेक अधिकांश तहमा जनप्रतिनिधि पूर्ति भैसकेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी