व्यास ८ मा बुधबार मतदान, मताधिकार प्रयोग गर्न अस्पतालको बेडबाट उम्मेदवार जोशीको अपिल

  • ख-
  • ख+

दमौलीः मतदानस्थलको निरीक्षणमा गएका मेयरका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीमाथि आक्रमण भए पछि स्थगित व्यास ८को मतदान बुधबार हुँदैछ । गत वैशाख ३० गते भएको मतदानको निरिक्षणका लागि गएका जोशीमाथि कांग्रेस कार्यकर्ताले आक्रमण गरेका थिए । ढुंगा प्रहार तथा कुटपिटबाट जोशीको टाउकोमा १२ ठाउँमा टाँचा लागेको छ ।


अहिले राजधानीको फ्रण्टलाइन अस्पतालमा उपचाररत जोशीले अस्पतालको बेडबाटै मतदातामा मताधिकार प्रयोग गर्न अपिल गरेका छन् ।
आफू उपचारका क्रममा रहेको र स्वस्थ्यलाभ लिइरहेको बताएका जोशीले एकपक्षीय मतदान भएको सुनेपछि जाने क्रममा आफूमाथि आक्रमण भएको भन्दै कांग्रेस उम्मेदवार बैकुण्ठ न्यौपाने पक्षधरले आक्रमण गरेको आरोप लगाएका छन् ।


आफूले निष्पक्ष र शान्तिपूर्ण रुपमा मतदान हुनुपर्छ भन्दा एक्कासी आक्रमण भएको भन्दै उनले आफू अहिंसाको वकालत गर्ने र शाकाहारी समेत रहेको उल्लेख गर्दै जोशीले शान्तिपूर्ण मतदानका लागि अपिल गर्ने क्रममा ज्यान मार्ने उद्देश्यले आक्रमण भए पनि आफूले स्वास्थ्य लाभ लिइरहेको भन्दै मतदातालाई निर्भिकतापूर्वक मताधिकार प्रयोग गर्न अपिल गरेका छन् ।

शुरक्षा कडा
प्रहरी नायब उपरीक्षक युवराज खड्काले बुधबारको मतदानका लागि आवश्यक सकतर्कता अपनाइएको बताएका छन् । प्रशासनले यातायात आगमनमा रोक लगाएको छ । विगतको घटना दोहोरिन नदिने प्रतिवद्धता प्रशासनले जनाएको छ ।

बुधबारबाट सबै वडाको मतगणना
व्यास ८ को मतदान सकिएपछि मात्र बुधबार रातीबाट यस अघि सम्पन्न भैसकेका वडाको मतगणना थालिने भएको छ ।
रिस्तिमा फेरि मतदान

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी