म्याग्देको रोचक दृश्य, फरक पार्टीका अध्यक्ष उपाध्यक्षबीच बधाई साटासाट

  • ख-
  • ख+

विकास खनाल
थर्पू :
एउटा पार्टीले अर्कालाई निषेध गर्ने प्रचलन चुनावमा रहन्छ । स्थानीय चुनावमा दलहरु एक अर्कालाई उछिन्ने दौडमा थिए । तर, नतिजा आए पछि भने सौहर्दपन देख्न पाइएको छ, म्याग्देमा ।
म्याग्दे गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका श्रीप्रसाद श्रेष्ठ र उपाध्यक्षमा नेपाली काङ्ग्रेसका बालकृष्ण घिमिरे विजयी भएका हुन् ।

श्रेष्ठले प्रत्यासी नेपाली काँग्रेसका मायादेवी रानालाई पराजीत गर्दै अध्यक्ष बनेका हुन् । श्रेष्ठले ४९५० मत ल्याउँदा उनका प्रत्यासी रानाले ४२३२ मत प्राप्त गरेकी थिइन् । ७१८ मतान्तरले श्रेष्ठ बिजयी भएका हुन् । श्रेष्ठ नेकपा एमालेका जिल्ला अध्यक्ष समेत हुन् ।
त्यसैगरी गाउँपालिका उपाध्यक्षमा नेपाली काँग्रेसका बालकृष्ण घिमिरे पुनः उपाध्यमा विजयी बने । उनले ५०३४ मत ल्याएर बिजयी भएका हुन् । उनका प्रत्यासी नेकपा एमालेकी रत्नदेवी घिमिरेले ४२०० मत पाएका थिइन् ।

यिनै फरकफरक पार्टीका श्रेष्ठ र घिमिरेले मंगलबार बधाई साटासाट गरे । अध्यक्षमा विजयी श्रेष्ठले थर्पु बजार बाट सुरु गरेको विजय र्याली धँयेरेस्थित घिमिरेको घर अगाडि आईपुग्दा दुई जनाबीच बधाई साटासाट भएको हो । यसले चुनावी दौरानमा एक अर्कालाई पछार्ने प्रतिष्पर्धा भए पनि नतिजापछिको सौहार्दता देखाएको छ ।

एमालेले मंगलबार विजय र्याली निकालेको थियो भने काङ्ग्रेसले निकाल्दै छ ।
म्याग्देमा कूल मतदाता १८१११ रहेकोमा ११९४३ मत खसेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी