भिमाद अपडेटः दोश्रो पटकको प्रयासमा दधिराजको उदय

  • ख-
  • ख+

भिमादः सत्तारुढ गठबन्धन र पूर्व एमाले नेताका कारण काजिमान श्रेष्ठले जित्ने पूर्वअनुमानलाई गलत सावित गर्दै ६८ वर्षिय एमालेका पुराना राजनीतिज्ञ दधिराज सुवेदी भिमाद नगरपालिकाको प्रमुख निर्वाचित भएका छन् ।

भिमादको उपप्रमुखमा सत्तारुढ गठबन्धनका काजिमानले पाँच हजार आठ सय ५७ मत पाउँदा विजयी सुवेदीले आठ हजार एक सय २८ मत पाए । माओवादी केन्द्य्रका उम्मेदवार रामबहादुर थापाले तीन सय ६५ मत पाए ।

सुवेदीले दोश्रो प्रयासमा भिमादको मेयर टिकट पाएका हुन् । यस अघि उनले टिकट पाउने अड्कलबाजीकाबीच मेखबहादुर थापाले एमालेबाट टिकट पाएर मेयर निर्वाचित बनेका थिए ।

भिमादको उपप्रमुखमा पनि एमालेकै शारदा खनाल निर्वाचित भएकी छन् । शारदाले सात हजार छ सय ६७ मत पाउँदा कांग््रेसका मिलन आले सानो मतान्तरले पराजित भए । आलेले उपप्रमुखमा सात हजार दुई सय पाँच मत पाए ।

माओवादी केन्द्रका उपप्रमुख उम्मेदवार टोममाया रानाले दुई सय २९ मत पाइन् ।

नौ वडामा ५ एमाले, ४ मा कांग्रेस विजयी
भिमादका नौ वडामध्ये एमालेले पाँचवटामा जित दर्ता गरेको छ । भिमाद २ मा एमालेका दिनेश थापा, ३ मा एमालेकै पदमराज श्रेष्ठ, ७ मा एमालेका प्रकाश श्रेष्ठ, ८ मा अरुणबहादुर शाही तथा ९ मा पनि एमालेकै रनबहादुर थापाले जित प्राप्त गरेका छन् ।


यसैगरी, कांग्रेसका तर्फबाट भिमाद १ मा दीपक आले, ४ मा रामकृष्ण राना, ५ मा पदमबहादुर थापा तथा ६ मा श्यामसुन्द जोशी वडाध्यक्ष निर्वाचित भएका छन् । कांग्रेसले पहिलेको तुलनामा बढी जित दर्ता गरेको छ । तर पनि एमाले बहुमत अवस्थामा देखिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्