मानव अधिकार अभियानको केन्द्रीय सदस्यमा कल्पना

  • ख-
  • ख+

दमौली: मानवअधिकार तथा सामाजिक अभियान नेपालकाे केन्द्रीय सदस्यमा तनहुँबाट कल्पना पाैडेल चयन भएकी छन् । ७७सदस्यीय केन्द्रीय समितिमा तनहुँकाे जिम्मेवारी पाैडेलले पाएकी हुन् । मानवअधिकार हेर्ने संस्थाहरू काउराष्ट्र र एलायन्स विच सहमति पछि साझा फाेरम बनेर मानवअधिकार तथा सामाजिक अभियान नेपाल नामाकरण गरिएकाे हाे।

तनहुँबाट चयन पाैडेल नेपाल कम्युनिस्ट पार्टीकी प्रभावशाली नेतृ पनि हुन्।नेतृ तथा महिला अधिकारवादी पाैडेल याे भन्दा पहिले पनि जिल्ला स्थित विभिन्न फाेरममा सक्रिय थिइन्। 

महिला मानव अधिकार रक्षक संजालकाे सदस्य ,अन्तर पार्टी महिला संजालकाे जिल्ला अध्यक्ष , प्रगतिशील लेखक संघकाे जिल्ला उपाध्यक्ष तथा केन्द्रीय पार्षद साथै राष्ट्रिय बुद्धिजीवी संगठनकाे जिल्ला सचिव, व्यास नपामा सर्बदलिय समितिमा माओवादी केन्द्रकाे प्रतिनिधि सदस्य,व्या नपा महिला उपाध्यक्षमा साथै अनेम संघ क्रान्तिकारी जिल्ला सचिव हाल एकीकृत अखिल नेपाल शिक्षक संगठन गण्डकी प्रदेश महिला विभागकाे सदस्य लगाएतका धेरै संस्थामा काम गरिसकेकी पौडेलले मानव अधिकारका क्षेत्रमा नयाँ जिम्मेवारीले थप प्रेरणा मिलेको बताइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी