म्याग्दे गाउँपालिका अध्यक्षमा एमालेका श्रीप्रसाद,उपाध्यक्षमा कांग्रेसका घिमिरे विजयी

  • ख-
  • ख+

म्याग्दे: म्याग्दे गाउँपालिकाकाे अध्यक्षमा नेकपा एमालेका जिल्ला अध्यक्ष श्रीप्रसाद श्रेष्ठ विजयी भएका छन् । नेपाली काँग्रेस का तर्फबाट उमेदवार रहेकि मायादेवी रानालाई ७१८ मतले पछि पार्दै श्रेष्ठले अध्यक्षमा बाजि मारेका हुन् । काङ्ग्रेसको गढकाे रूपमा मानिएको म्याग्दे गाउँपालिका नेकपा एमालेले कसरी तोड्न सक्याे त्यो अहिले काङ्ग्रेस बृत्तमा चासोको बिषय बनेको छ । २०७४ सालको काे स्थानीय चुनावमा यिनै श्रेष्ठ रानासँग १ हजार भन्दा बढी मतले पराजित भएका थिए । कूल खसेको मत संख्या ११ हजार ८८३ मध्ये काङ्ग्रेसकि रानाले ४२ सय ३२ मत ल्याएकि थिइन् भने श्रेष्ठले ४ हजार ९ सय ५० मत ल्याएका थिए । उपाध्यक्षमा भने नेपाली काङ्ग्रेसका बालकृष्ण घिमिरे निर्वाचित भएका छन् । घिमिरेले नेकपा एमालेका उमेदवार रत्ना घिमिरेलाई ८ सय ३९ मत अन्तरले पराजित गरे । बिजयि घिमिरेको ५ हजार ३९ मत अाएकाे थियो भने पराजित घिमिरेको ४ हजार २ सय मत अाएकाे निर्वाचन अधिकृत नवराज अाचार्यले बताए । यसैगरी अध्यक्ष पदमा नेकपा माअाेवादिकाे १ हजार २ सय ६५ तथा उपाध्यक्षमा १ हजार १ सय ६८ मत अाएकाे थियो । यसैगरी वडा अध्यक्षहरूमा १ मा एमाले , २ मा काङ्ग्रेस , ३ मा एमाले , ४ मा काङ्ग्रेस , ५ मा काङ्ग्रेस , ६ मा काङ्ग्रेस र ७ मा एमालेकाका उमेदवारले विजय हाँसिल गरेका छन् । सबै संख्या हेर्दा अध्यक्ष श्रेष्ठ अल्पमतमा देखिन्छन् । तनहुँ भित्रका स्थानीय तह मतपरिणाम दिने गाउँपालिकामा म्याग्दे परेको छ । अाँफुहरूले निकै मिहिनेत गरेर मत गणनामा सकृय रूपमा लागेकाले अन्य भन्दा पहिला परिणाम दिन सकिएको सहायक मतदान अधिकृत एवम् गाउँपादिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी