तनहुँका कुन वडामा कसले जित्यो? (सूचीसहित )

  • ख-
  • ख+

दमौली: स्थानीय तहको निर्वाचन अन्तर्गत तनहुँमा नेकपा एमालेले म्याग्दे गाउँ पालिकाकाे अध्यक्ष सहित १२ वटा वडा अध्यक्षमा जित हात पारेको छ ।

यस्तै नेपाली काँग्रेसले म्याग्दे गाउँपालिकाकाे उपाध्यक्ष सहित १० र नेकपा माओवादी केन्द्रले ४ वटा वडामा जित हात पारेका छन् । सोमबार बिहान ७ बजेसम्मको मत परिणाम अनुसार तनहुँमा एमाले पहिलो,नेपाली काँग्रेस दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा देखिएका हुन् ।

नेकपा एमाले बिजयी भएका वडाहरुमा देवघाट गाउँपालिका–१ मा मणिराज गुरुङ,बन्दिपुर–४ मा दानबहादुर थापा,भिमाद–२ दिनेश थापा,भिमाद–३ मा पदमसेन ठकुरी,म्याग्दे १ मा मणिभद्र वाग्ले,म्याग्दे –३ मा टुकराज अधिकारी, घिरिङ गाउँपालिका– २ मा नरबहादुर थापा शुक्लागण्डकी–६ मा बुद्धिबहादुर थापा,घिरिङ्ग– ३ मा दलसिं थापा ४ नं वडामा बलु थापा,बन्दिपुर १ मा शिबकुमार श्रेष्ठ,देवघाट– ६ मा मित्र गुरुङ्ग र भानु– २ मा केशव त्रिपाठी रहेका छन् । त्यसैगरी नेपाली काँग्रेस पार्टीले नेतृत्व लिन सफल भएका वडाहरुमा जिल्लाको ऋषिङ–२ मा दलबहादुर थापा,शुक्ला–१ मा रबिचन्द्र पौडेल र वडा नं २ मा सुमन राना ,

भिमाद नगरपालिका–१ मा दीपक आले , देवघाटमा मिनराज राना , भानु नगरपालिका– १ मा कान्छीमाया तामाङ्ग,भानु–१३ मा बागी उम्मेद्वार कृष्ण बहादुर अधिकारी,म्याग्दे– ४ मा दीपक श्रेष्ठ, म्याग्दे– ५ मा शिबबहादुर आले र म्याग्दे – ६ मा हिरालाल गुरुङ्ग बिजयी भएका छन् ।

त्यसैगरी नेकपा माओवादी केन्द्रले बिजयी हासिल गरेका जिल्लाका वडाहरुमा आँबुखैरेनी गाउँपालिका–१ बाट प्रेमबहादुर गुरुङ , ऋषिङ गाउँपालिका–१ बाट कुशबहादुर थापा , आँबुखैरेनी गाउँपालिका–२ मा आश बहादुर गुरुङ्ग प्यानल सहित र बन्दिपुर–५ मा धु्रव लामिछाने बिजयी भएका छन् । अन्य वडाको मतगणना जारी रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी