
भिमादः भिमाद नगरपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेसका दीपक आले निर्वाचित भएका छन् ।
एक हजार ५९ मत ल्याएका आलेले नेकपा एमालेका बलबहादुर थापालाई ५७ मतले हराएका हुन् । थापाले एक हजार दुई मत पाएका थिए ।
वडा सदस्यमा भने नेकपा एमालेका उम्मेदवारहरु विजयी भएका छन् ।