आँबुखैरेनीः आँबुखैरेनी गाउँपालिकाको पछिल्लो मतगणना परिणामले माओवादी केन्द्रलाई अग्रता मिलेको देखाएको छ ।
कुल गणना भएको १००४ मतको परिणामअनुसार अध्यक्षका माओवादी उम्मेदवार शुक्र चुमानलाई ४ सय ८० मत मिलेको छ । यसैगरी उपाध्यक्षमा माओवादीकै उम्मेदवारलाई ३५८ मत प्राप्त भएको छ ।
कांग्रेसका अध्यक्ष उम्मेदवार गिरबहादुर थापालाई २११ मत प्राप्त हुँदा उपाध्यक्ष उम्मेदवारलाई २०० मत प्राप्त भएको छ ।
एमालेका अध्यक्ष उम्मेदवार ऋषि केसीले १७२ मत पाउँदा उपाध्यक्ष उम्मेदवारलाई २९८ मत प्राप्त भएको छ ।
सोही वडामा माओवादीका वडाध्यक्ष उम्मेदवारले ४७० मत पाउँदा कांग्रेस २२४ र एमालेलाई १९० मत मिलेको छ ।