व्यासको मतगणना अझै शुरु हुन सकेन, घाइते मेयर उम्मेदवार जोशीको स्वास्थ्य अवस्था स्थिर

  • ख-
  • ख+

दमौलीः व्यास ८ रिस्तीमा मेयर उम्मेदवारमाथि सांघातिक आक्रमण भए पछि व्यास नगरपालिकाको मतगणना शुरु हुन सकेको छैन ।

घटनालगत्तै मतगणना स्थगित गर्न माग गर्दै घाइते स्वतन्त्र उम्मेदवार दीपकराज जोशी तथा उनलाई समर्थन गरेको एमालेका तर्फबाट निवेदन परे पछि निर्वाचन आयोग केन्द्रको निर्णयको पखाई गरिएको छ ।

सर्वपक्षीय बैठक बस्ने भनिए पनि केन्द्रबाट आउने निर्णयका आधारमा प्रक्रिया अघि बढाइने सहमति भएको कांग्रेस जिल्ला सचिव लक्ष्मीभक्त खनालले बताए । निर्वाचन आयोगले मतदानकै आधारमा मतगणना गर्ने वा रद्द गर्ने आधारमा थप प्रक्रिया अघि बढ्ने ठानिएको छ ।

घाइते जोशीको स्वास्थ्य अवस्था स्थिर
यसैबीच, रिस्तिमा भएको आक्रमणका क्रममा घाइते मेयर उम्मेदवार दीपकराज जोशीको स्वास्थ्य अवस्था स्थिर रहेको पारिवारिक श्रोतले बताएको छ । उनका भाई दिनेशराज जोशीले दीपकको राजधानीस्थित फ्रण्टलाइन अस्पतालमा उपचार भैरहेको छ ।

टाउकोमा ६ ठाउँमा टाँका लगाएका जोशीको उपचार भैरहेको छ । उनलाई पोखराबाट थप उपचारका लागि काठमाडौं लगिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी