
भिमादः भिमाद नगरपालिकाको मेयरमा एमालेको उम्मेद्वारले अग्रता पाएका छन् । हालसम्म एमालेबाट मेयरका उम्मेद्वार दधिराज सुवेदीले १३४ मत पाएका छन् ।
उनलाई पच्छ्याइरहेका नेकपा एसका गठबन्धन उम्मेदवार काजिमान श्रेष्ठले ९९ मत पाएका छन् ।
उप प्रमुखमा कांग्रेसका उम्मेदवार मिलन आलेले १७७ मत पाउँदा एमालेकी उम्मेद्वार शारदा खनालले १०४ मत पाएकी छन् । हालसम्म २५ मत बदर भएको छ ।