तनहुँको म्याग्दे , बन्दीपुर , घिरिङ र भिमादमा मतगणना जारी , अन्य स्थानीय तहमा केहीबेरमा सुरु हुने

  • ख-
  • ख+

दमौलीः तनहुँका १० स्थानीय तह मध्ये म्याग्दे , बन्दीपुर , घिरिङ र भिमादमा मतगणना जारी छ । मतगणना को सुरुवाति अग्रतामा मिश्रित नतिजा आएको देखिन्छ ।

यस्तै ६ वटा स्थानीय तहमा भने मतगणना कार्यको लागि सर्बदलीय बैठक बसिरहेको छ । जिल्लाको व्यासनगरपालिका,देवघाट गाउँपालिका आँबुखैरेनी गाउँपालिका भानु नगरपालिका शुक्ला नगरपालिका र ऋषिङ्ग गाउँपालिकामा मतगणना कार्यको लागि सर्बदलीय बैठक बसिरहेको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले बताए ।

व्यासनगरपालिका–८ रिस्तीमा बाहेक जिल्लाको अन्य २९७ वटै मतदान केन्द्रमा शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न भएको ढकालले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्